२०८२ वैशाख २६ गते
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमिसन मागेको आरोप लगाएका ऊर्जा उत्पादकहरुको संस्था इप्पानका पदाधिकारीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ ।उर्जा उत्पादकहरुले बोर्ड अध्यक्षले लामो समय आइपीओ निष्काशन रोक्का गरेकोमा फुकुवा गर्न माग गर्दा कमिशन मागेको आरोप लगाएका थिए ।
विषयले संसद तातेपछि बिहीबार दिउँसो अख्तियारले इप्पानका अध्यक्ष गणेश कार्कीसहितका केही पदाधिकारीलाई कार्यालयमा बोलाएर बयान लिएको हो ।आईपीओ निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूसँग धितोपत्र बोर्डले कमिसन मागेको विषयमा अख्तियारले उनीहरुसँग सोधपुछ गरेको स्रोतको भनाइ छ ।
यसअघि बुधबार अख्तियारले खुमलटारस्थित धितोपत्र बोर्डको कार्यालयमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया