बजेट बहुमतले पारित,सरकारलाई खर्च गर्ने बाटो खुल्यो

२०८२ असार १० गते

बजेट बहुमतले पारित,सरकारलाई खर्च गर्ने बाटो खुल्यो

काठमाडौँ । संसदको दुवै सदनले आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८२ पारित गरेको छ । विधयेक बहुमतले पारित गरिएको हो ।यो सँगै सरकारका कामकाजका लागि खर्च गर्ने बाटो खुलेको छ । 

बजेट पास गराउन नेपाली कांग्रेस र एमालेले सांसदहरुलाई ह्विप नै जारी गरेको थियो । त्यसैले आजको संसद बैठकमा कांग्रेस र एमालेका अधिकांश सांसद उपस्थित थिए । बैठकमा विपक्षी दलका २३ जना सांसदहरुले खर्च कटौतिको प्रस्ताव राख्दै विविध प्रश्न उठाएका थिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्रीले बजेटबारे संसदमा उठेका जिज्ञासाको उत्तर दिएका थिए । 

Advertisement:

Ad
Ad