२०८३ असोज ०६ गते
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से० का ७२ कारोबार सदस्यको डेटा सेन्टर रहेको डेटा हबमा भएको साइबर आक्रमणको समस्या समाधान भएको छ । समस्या समाधान भएपछि आजदेखि सेयर कारोबार पुनः सञ्चालन भएको छ।
टीएमएस सञ्चालनमा प्रयोग भइरहेको डेटा सेन्टरमा र्यान्समवेयर आक्रमण भएपछि सोमबारको सम्पूर्ण सेयर कारोबार स्थगित भएको थियो । डेटा हबले जारी गरेको सूचनाअनुसार सेप्टेम्बर २० बिहान ५ः३० बजे टीएमएस होस्ट गरिएको इन्फ्रास्ट्रक्चरमा र्यान्समवेयर आक्रमण भएको थियो ।कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अध्ययन समिति गठन गरेको छ।
कारोबार शुरु भएको केही मिनेछ बजार घटेको छ । फेरी केही बढेपनि अहिले भने बजार घटिरहेको नेपाल स्टक एक्सचेन्जको लाइभ मार्केटले देखाएको छ ।
प्रतिक्रिया