ढल निर्माण कार्यमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ जेठ २८ गते

ढल निर्माण कार्यमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पछि अर्को गर्दै विभिन्न निकायका व्यक्तिहरुलाई भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदिपपरियारसहित ७ जनाविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 अख्तियारले उनीहरुविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरेको हो । परियार हाल सूचना तथा प्रसारण विभागको महानिर्देशक छन् ।यस्तै बोलपत्र मुल्यांकन समितिका पदाधिकारीहरु निर्देशक रविनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य,  नमराज ढकाल, इन्जिनियर जनाार्दन गिरी र खरिद इकाइका सहायक निर्देशक उत्तम दाहालको मिलेमतोमा दल निर्माणमा बदनियत पुर्वक अनियमितता  गरेको अख्तियारको आरोप छ । 

Advertisement:

Ad
Ad

सबैभन्दा कम मूल्यमा कबोल गर्ने समानान्त सेवा प्रालिलाई अयोग्य ठहर गरी दोस्रो कम मूल्यमा कबोल गरेको कल्पवृक्ष कोहिनुर जेभी सेवासँग सम्झौतागरी ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ महानगरलाई हानी पुग्ने गरी सम्झौता गरेको देखिएको अख्तियारको ठहर छ ।