२०८२ भदौ १३ गते
काठमाडौ । चालु आर्थिक वर्ष (२०८२/०८३) को साउन (पहिलो महिना) मा निर्जिबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुले २ लाख ४३ हजार ७७१ बीमालेख जारी गरेका छन् । यो बीमा लेखा निर्जबन बीमा कम्पनी र लघुबीमा कम्पनीले जारी गरेको बीमालेखको तथ्यांक हो ।
१४ नीर्जिबन बीमा कम्पनीले मात्र यो अवधिमा २ लाख १५ हजार २८५ वटा बीमालेख जारी गरेको बीमा प्राधिकरणले जनाएको छ । यस्तै ४ वटा लघुबीमा कम्पनीले २८ हजार ४५६ बीमालेख जारी गरेका छन् । १४ नीर्जिबन बीमा र ४ वटा लघुबीमाले साउनमा ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् ।
यस्तै यी कम्पनीहरुले १५ खर्ब ८८ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ बराबरको बीमा गरेका हुन् । सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा सलिको रहेको छ। यस कम्पनीले साउन महीनामा ४५ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियरले ४१ करोड ७९ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेको छ।
त्यसैगरी शिखर इन्स्योरेन्सले ४१ करोड ५५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख रुपैयाँ, हिमालयन एभरेष्टले ३६ कराड ५२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३४ करोड ४१ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
प्रतिक्रिया