२०८३ भदौ १० गते
काठमाडौं । नेपालमा एक वर्षमा साढे २३ खर्ब रुपैयाँभन्दा बढी रेािट्यान्स भित्रिएको छ । आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । २०८३ असार महिनामा मात्र विप्रेषण आप्रवाह २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रहेको थियो ।
गत आवमा विदेशी मुद्रा सञ्चिती ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ असार मसान्तमा २९.८ प्रतिशतले वृद्धि भई २५ अर्ब ३१ करोड पुगेको छ ।
प्रतिक्रिया