एशियन लाइफ इन्सुरेन्सले आफना सेयरधनीलाई दिने भयो लाभांश, नगद/बोनस कति ?

२०८२ जेठ २६ गते

एशियन लाइफ इन्सुरेन्सले आफना सेयरधनीलाई दिने भयो लाभांश, नगद/बोनस कति ?

काठमाडौ ।  एशियान लाइफ इन्सुरेन्सले आफ्ना सेयर धनीलाई लाभांश दिने भएको छ ।  कम्पनीले ५.३६ प्रतिशत लाभांश घोषणा गरेको छ । यो जानकारी उसले नेपालस्टक एक्सचेन्जलाई गराएको छ  । यस कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ५.१० प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद दिने घोषणा गरेको हो । 

उक्त प्रस्ताव बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । कम्पनीको या् लाभांश विगत ६ वर्ष यताकै न्युन हो । यसअघि २०७९/८० मा कम्पनीले सेयरधनीलाई ८.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै आव २०७८/७९ मा कम्पनीले आफ्ना सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश दिएको थियो भने त्यस अघिको वर्ष २०७७/७८ मा १५.२६ प्रतिशत लाभांश दिएको थियो । यसले सबैभनदा बढी २०७६/७७ मा २७ प्रतिशत नगद लाभांश दिएको थियो यसको हाल ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ चुक्तापुँजी छ ।

Advertisement:

Ad
Ad