२०८३ भदौ १६ गते
काठमाडौं । एभरेष्ट बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम सहयोग गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुदेश खालिङले सहयोग रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने तथा विपद्पछि आवश्यक पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै स्थानीय बासिन्दाको घर, व्यवसाय, पूर्वाधार तथा जीविकोपार्जनमा समेत असर परेको छ । बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र विभिन्न संघसंस्थाले सहयोग गर्दै आएका छन् ।
एभरेष्ट बैंकले पनि विपद्को समयमा प्रभावित समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सरकारमार्फत राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको हो । बैंकले उपलब्ध गराएको रकम बाढी प्रभावित नागरिकको तत्कालीन राहत तथा आवश्यक सहयोगमा उपयोग हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया