आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा

२०८३ भदौ २० गते

आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गर्न वार्षिक सधारणसभा डाकेको छ ।  बैंकले ३२ औं वार्षिक साधारणसभा मार्फत  गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावपारित गर्ने एजेण्डा रहेको छ । 

 

Advertisement:

Ad
Ad

बैंकको सञ्चालक समितिले आगामी असोज १४ गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा ३२औं साधारणसभा आह्वान गरेको हो ।बैंकको सधारणसभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश सहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।लाभांश र साधारण सभा प्रयोजनका लागि बैंकले असोज १ गते ‘बुकक्लोज’ गर्ने निर्णय गरेको छ । 

 

भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरु मात्र लाभांश प्राप्त गर्नेछन् भने सधारणसभामा सहभागी हुन योग्य हुनेछन्।