गभर्नर नियुक्ती गर्न गठित सिफारिस समितिको बैठक शुरु

२०८२ जेठ ०६ गते

गभर्नर नियुक्ती गर्न गठित सिफारिस समितिको बैठक शुरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकको भावी गभर्नर चयन गर्न सिफारिस समितिको बैठक बसेको छ । गठन भएको पहिलो पटक यो समितिको बैठक बसेको हो । समितिका अध्यक्ष अर्थमन्त्री विष्णु प्रसाद पौडेल,राष्ट्र बैंकका निःवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे रहेका छन् ।

 

Advertisement:

Ad
Ad

लामो समयको रस्साकस्सीपछि अन्ततः आज गभर्नर नियुक्ती हुने प्रवल सम्भावना देखिएको छ । यसअघि बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउबा बालुवाटारमा छलफलमा बसेपछि गभर्नरको नाम टुंगो लगाइएको अनुमान गरिएको छ । आजै साँझ मन्त्रीपरिषद् बैठक बसेर गभर्नर नियुक्ती गरिने बुझिएको छ  ।