राजावादी आन्दोलनको तेस्रो दिन : सांसद सिंहको ओलीलाई व्यंग्य, एक फोनको भरमा आलमलाई छुटायौ अब प्रधानमन्त्री बनाइदिनु

२०८२ जेठ १७ गते

राजावादी आन्दोलनको तेस्रो दिन : सांसद सिंहको ओलीलाई व्यंग्य, एक फोनको भरमा आलमलाई छुटायौ अब प्रधानमन्त्री बनाइदिनु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा जारी राजावादी आन्दोलन तेस्रो दिन पनि भएको छ । तेस्रो दिन पूर्वनिर्धारित क्षेत्र नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गर्न प्रशासनले रोक लगाएपछि आन्दोलनकारीहरु प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरे ।

राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै उनीहरुले शनिबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।  त्यहाँ पनि प्रहरीले निषेधित क्षेत्रतर्फ अगाडि बढ्न नदिएपछि सडकमै बसेर कार्यक्रम गरेका हुन् । आन्दोलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले एक फोनको भरमा प्रतिवादीलाई छुटकारा दिएको आरोप लगाए । 

Advertisement:

Ad
Ad

उनले २७ जनाविरुद्द जिल्ला अदालतमा दोषि ठहराई १४ बर्ष जेल तोक्दा उच्चबाट माफी कसरी पाए भन्दै प्रश्न गरे । उनले गृहमन्त्री मानव तस्करमा फसेको भन्दै  मोहम्मद आफताब आलमलाई प्रधानमन्त्री बनाउनु भन्दै ब्यग्य गरे । उनले गणतन्त्रवादीले १६७ वटा काराखाना बेचेर खाएको भन्दै गणतन्त्रको नाममा देशद्र्रोहीलाई बचाइ रहेको आरोप लगाए ।