गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

२०८३ भदौ २० गते

गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

 

Advertisement:

Ad
Ad

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिने छ ।प्रस्तावित बोनस सेयर पारितपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ कायम हुनेछ ।