सुनचाँदीको मूल्य बढ्यो

२०८३ भदौ ०५ गते

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलमा ३३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

 

Advertisement:

Ad
Ad

बिहीबार प्रतितोला सुन ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढाएर ४ हजार ९८५ रुपैयाँ निर्धारण गरेको छ । 

 

अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।