२०८२ असार ०२ गते
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असार १ गतेको प्रतिनिधि सभाको बैठकको भत्ता नलिने निर्णय गरेको छ । २०८२ साल असार १ गते भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदाहुँदै जबरजस्ती संसद सञ्चालन गरेकाले राप्रपाले बैठक बहिष्कार गरेको थियो।
उक्त बैठकबाट प्राप्त हुने बैठक भत्ता नलिने निर्णय राप्रपाको संसदीय दलले गरेको छ। उक्त भत्ता राजस्वमा फिर्ता पठाइदिन संघीय संसदका महासचिवलाई अनुरोध गर्दै
माथि प्रीति फन्टका अक्षरहरू अनुसारको युनिकोड तलको बक्समा हेर्नुहोस् :
पत्र लेखेको छ ।
सांसदहरुले बैठक बसेको दिन यातायात र बैठक भत्ता भनेर २ हजार रुपैयाँ पाउँने गरेका छन् ।

प्रतिक्रिया