इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्य बढ्यो, ५ महिना यताकै उच्च

२०८२ जेठ ३० गते

इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्य बढ्यो, ५ महिना यताकै उच्च

काठमाडौ । इजरायलले इरानमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा बढेको छ । मध्यपूर्वमा तनाव तीव्र बनेपछि शुक्रबार तेलको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको अन्र्तरािष्ट्रय सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ ।

इजरायलको आक्रमणपछि विश्वव्यापी तेल आपूर्तिमा बाधा पुग्ने चिन्ता थपिएको छ । भाउ बढेपछि मूल्य करिब ५ महिनायता कै सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।

Advertisement:

Ad
Ad

 शुक्रबार बिहानसम्ममा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड फ्युचर्स ६.२९ डलर अर्थात ९.०७ प्रतिशतले बढेर प्रतिब्यारेल ७५.६५ डलर पुगेको छ ।अन्र्तरष्ट्रिय बजारमा मूल्य बढेपछि नेपालमा पनि मूल्य बढ्नेछ ।