जेनजी आन्दोलनले पुर्याएको क्षतिको बीमा दाबी भुक्तानी सरल प्रक्रियाबाट गर्न प्राधिकरणको निर्देशन

२०८२ भदौ २६ गते

जेनजी आन्दोलनले पुर्याएको क्षतिको बीमा दाबी भुक्तानी सरल प्रक्रियाबाट गर्न प्राधिकरणको निर्देशन

काठमाडौ । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनले पुर्याएको क्षतिको बीमा दाबी परे छिटो र सरल तरिकाबाट भुक्तानी गर्न निर्देशन दिएको छ । बीमा दाबी सम्बन्धी तथ्यांक साप्ताहिक रूपमा तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्न समेत कम्पनीहरूलाई प्राधिकरणले भनेको छ। 


भाटभटेनी, हिल्टन होटल, ह्यात होटल, चन्द्रागिरी केबल कार, एनसेल भवन लगायतका क्षेत्रमा प्रदर्शनकारीहरूले क्षति पुर्‍याएका छन्। ठुलो परिणाममा सार्वजनिक सम्पत्तिको क्षति भएको छ । तर  नेपालमा सार्वजनिक सम्पत्तिको बीमा गर्ने चलन त्यति पाइदैन । 
 

Advertisement:

Ad
Ad