कामना सेवाले दिने भयो लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश

२०८३ साउन २३ गते

कामना सेवाले दिने भयो लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

 

Advertisement:

Ad
Ad

बैंकको सञ्चालक समितिको ४१९औं बैठकले आर्थिक वर्षको असार मसान्तसम्म कायम चुक्ता पुँजी तथा सो अवधिको नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी लाभांश प्रस्ताव गरेको हो ।

 

बैंकको साधारण सेयर पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसाको १५ प्रतिशतले हुन आउने ५७ करोड ९२ लाख ९५ हजार ६२२ रुपैयाँ २४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ ।