२०८२ जेठ ०५ गते
काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाजको इन्जिनमा समस्या देखिएपछि रामेछापबाट काठमाडौंमै फर्किएको छ ।नाइन एन एएमजी कल साइनको सो जहाजलाई काठमाडौँमा आकस्मिक अवतरण गराइएको हो ।
आज बिहान ६ः१२ बजे काठमाडौंबाट उडेको उक्त जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।
जहाजलाई आकस्मिक अवतरण गराउनका लागि काठमाडौंको विमानस्थलमा अन्य उडान–अवतरण केहीबेर रोकिएको थियो ।
प्रतिक्रिया