कुष्ठरोग निवारण सम्वन्धी दुई दिने सम्मेलन शुरु, सन् २०३० भित्र नेपालबाट उन्मुलन गर्ने घोषणा

२०८२ वैशाख २५ गते

कुष्ठरोग निवारण सम्वन्धी दुई दिने सम्मेलन शुरु, सन् २०३० भित्र नेपालबाट उन्मुलन गर्ने घोषणा

काठमाडौँ ।  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयद्वारा नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठ प्रभावित व्यक्ति माथि हुने भेदभाव विरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन बिहीवार देखि काठमार्डाैमा प्रारमभ गरेको छ । राष्ट्रिय सम्मेलनको उद्घाटन गर्र्दे प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपालमा कुष्ठ रोगको उन्मुलन एवं कुष्ठ रोग प्रभावित ब्यक्ति माथि हुने भेदभाव बिरुद्ध सरकारले आफना ठाउंवाट भुमिका निर्वाह गर्न कमी हुन नदिने स्पष्ट पारेका छन् । उनंले सरकारले पहिले देखि नै  कुष्ठ रोग उन्मुलनका लागि बिशेष कार्यक्रम संचालन गर्र्देै आएको र बिभेद बिरुद्ध नागरिक स्तरको भुमिका आबश्यक रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले कुष्ट निवारण गरेरै छोडने सरकारको संकल्प रहेको जानकारी गराए । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य  उपचारलाई सर्व सुलभ बनाउन र सन् २०३० सम्म कुष्ठ रोग निवारण गर्ने नेपालको संकल्पलाई पूरा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै कमी नराख्ने प्रतिबद्धता सहित बिश्वास दिलाएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले सम्मेलनको उद्देश्यमाथिप्रकाश पार्दै कुष्ठ रोगको हालको अबस्थावारे जानकारी गराउदै  कुष्ठरोगको हालको अवस्था, चुनौती तथा रणनीतिक मार्गचित्र सम्बन्धी जानकारी उल्लेख गरे । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्बरबहादुर थापा,नेपाल कानुन समाजका अध्यक्ष एव पूर्वउपसभामुख पुष्पा भुसाल,  विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा राजेश सम्भाजिराओ, संगठनका गुडवील एम्बास्डर योही सासाकावा, सह आयोजकका तर्फबाट शोभाखर कंडेल र आइडिया नेपालका अमर तिमिल्सिनाले सम्मेलनका क्रममा उच्चतम स्तरको राजनीतिक प्रतिबद्धताका लागि वकालत गर्ने, कुष्ठरोग उल्मुलन तथा विरामीको सहयोग र सुधारका लागि थप बल प्रदान गर्ने तथा प्रभावित व्यक्तिको समावेशीकरण र स्वीकार्यता अभिबृद्धिका लागि भरमग्दुर प्रयास गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

सासाकावा लेप्रोसी इनिसेटिभ्,नेपाल कानुन समाज,विश्व स्वास्थ्य संगठन नेपाल, कुष्ठरोग मिसन नेपाल लगायतका संस्थाको सहकार्यमा भएको सम्मेलनमा कुष्ठ रोग निवारणका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा संलग्न संघ÷संस्थाका विशेषज्ञ र जानकार सहित करिव ३ सय  जनाको सहभागिता रहेको नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी गराए । उनले दुइ दिने सम्मेलनले कुष्ठ रोग उन्मुलन सम्बन्धी   कार्ययोजना सहितको  संकल्पपत्र जारी गर्ने बताएका छन् ।  

Advertisement:

Ad
Ad

सम्मेलनमा नेपालमा कुष्ठरोग उन्मुलनका लागि भएका प्रयास अभिबृद्धि सम्बन्धी विषयगत छलफलका साथै प्रदेश र स्थानीयतहमा कुष्ठ रोग उल्मुलनको गति बढाउने विषयमा गहन मन्थन हुनेछ । साथै, कुष्ठ रोगको उच्चदरबाट प्रभावित छानिएका स्थानीय तहबाट भएका असल अभ्यास तथा चुनौती, भेदभाव न्यूनीकरण तथा मानवअधिकार सम्बन्धी छलफल र प्रस्तुती हुनेछ । कुष्ठरोग उल्मुलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी, प्रभावित व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा, संरक्षणका लागि विद्यमान नीति, कानुनी पाटोकाबारे पनि सम्मेलनमा गहन छलफल हुने कार्यक्रम रहेको  छ ।

केहो कुष्ठ रोग ?

मानिसको छालामा फ्रूस्रो दाग देखिने र वरिपरिको भागलाई नष्ट गर्ने कुष्ठ रोग समयमै पहिचान र उपचार नभए  व्यक्ति अपाङग हुने सम्भावना रहन्छ । कुष्ठरोग सजिलै निको हुने र कम सर्ने भएपनियसकाविरामी समाजमा अपमानको सिकार हुन बाध्य छन् । नेपाली समाजमा कुष्ठरोग शारिरीक समस्या मात्र नभई व्यक्तिको सामाजिक जीवनमा समेत असर पार्ने रोगका रुपमा रहेको छ । नेपालमा प्रत्येक बर्ष करिव २८६७ वटा कुष्ठ रोगका नयाँविरामी दर्ता हुने गरेको  तथ्याङक छ । हाल नेपालमा करिव २ लाखको संख्यामा कुष्ठ रोगका विरामी रहेकामा करिव ३० हजार अपाङगताको अवस्थामा रहेको अनुमान गरिएको छ ।

 विश्वव्यापी लक्ष्य अनुरुप नेपालले सन् २०३० भित्र यो रोग उल्मुलन गर्ने यसअघि नै प्रतिबद्धता जनाइ सकेको छ । नेपालका १८ जिल्ला भने विश्वव्यापी मापदण्डभन्दा बढी अर्थात प्रति दशहजार जनसंख्यामा एक जनामा यो रोग देखा परेको छ । जसमध्ये मधेश प्रदेशका सात जिल्लापनि पर्दछन् । नेपालमा यो रोगका सवैभन्दा कम विरामी गण्डकी प्रदेश रहेको पाइएको छ । नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा कुष्ठ रोगका विरामीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ ।