२९ खर्ब सम्पत्ति भएको सार्वजनिक संस्थानमा सरकारको लगानी मात्र ७ खर्ब ३ अर्ब

२०८२ जेठ १५ गते

२९ खर्ब सम्पत्ति भएको सार्वजनिक संस्थानमा सरकारको लगानी मात्र ७ खर्ब ३ अर्ब

काठमाडौ । आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्ष भन्दा २.२० प्रतिशतले बढेर २९ खर्व १० अर्व १७ करोड पुगेको छ ।

संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई  ७ खर्ब ३ अर्ब ९३ करोड ८८ लाख पुगेको छ । जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड १६ लाख र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड ७२ लाख  रहेको छ ।  आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड ४६ लाख पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ, जुन विश्वव्यापी तथ्याङ्कसँग लगभग समान रहेको छ । सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटाले नाफा गरेपनि १५ वटा घाटामा छन्।

Advertisement:

Ad
Ad

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड १६ लाख पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो।