नाइमाले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

२०८३ भदौ १४ गते

नाइमाले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय छ । नाइमाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम   जम्मा गर्ने भएको हो ।

 

Advertisement:

Ad
Ad

नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले संस्थाले स्थापनाकालदेखि नै विपद् तथा आपत्कालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनएकी छिन् ।

 

उनले विपद्का बेला सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिन् ।