निजी क्षेत्रलाई गभर्नरको आश्वासन, अनुमान नगरेको नीति ल्याइने छैन

२०८२ जेठ ०८ गते

निजी क्षेत्रलाई गभर्नरको आश्वासन, अनुमान नगरेको नीति ल्याइने छैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा।विश्वनाथ पौडेलले निजी क्षेत्रप्रति आफू उदार रहेको र निजी क्षेत्रमैत्री नीति ल्याउन आफू अग्रसर हुने बताएका छन् ।

निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा। पौडेलले केन्द्रीय बैंकका निर्णयहरु पूर्वानूमानयोग्य हुने बताए ।
‘निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो, अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ, निर्णयहरु पूर्वानूमानयोग्य हुनुपर्छ’ उनले भने, ‘बैकिङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नुभन्दा सरोकारवालाहरुसँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो । म यसैगरी अघि बढ्छु ।’

Advertisement:

Ad
Ad

नवनियुक्त गर्भनरलाई बधाई तथा शुभकामना दिँदै महासंघका अध्यक्ष चन्द्र ढकालले केन्द्रीय बैंकलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिए । ढकालले राष्ट्र बैंकले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नु पर्ने बताए ।

‘चालु आर्थिक वर्षमा कर्जाको व्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैह्रमौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘नीतिगत अस्थिरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थीर नीतिको माग गरिरहेका छौं । केन्द्रीय बैंकका नीतिहरु पनि स्थीर हुन आवश्यक छ ।’

उनले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामिण अर्थतन्त्र चलायमान हुनु पर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउनु पर्ने सुझाए । अध्यक्ष ढकालले बजार चलायमान हुन नसक्नुको अर्को मुख्य कारण चालु पुँजी कर्जा सम्बन्धी मार्ग दर्शन रहेको हँदा यसलाई क्षेत्र हेरि सहज बनाउनु पर्ने बताए ।

महासंघले विगत वर्षहरुमा उच्च व्याजदरका कारण व्यवसायी एवं सर्वसाधारण समेतले कर्जाको किस्ता तिर्न नसक्दा चालु आवमा खराब कर्जा बढ्दै गएको उल्लेख गर्दै कर्जाको पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव गर्भनरलाई दिएको छ ।


सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकाशं सूचक सकारात्मक हुँदागभर्नर पौडेलसँग भेटेर फर्किएपछि व्यवसायीहरु निकै उत्साहित देखिन्थे ।

‘नवनियुक्त गभर्नरले हामीलाई उच्च सम्मानका साथै मनोवल दिनुभएको छ, हामी हर्सित छौं,’ प्रतिनिधिमण्डलका एक सदस्यले भने, ‘कर्मचारीको ब्रिफिङभन्दा पहिला निजी क्षेत्रलाई भेटेर छलफलकै आधारमा नीति ल्याउँछु भनेर हाम्रो मनोवल बढाइदिनु भएको छ ।’ पनि देशको समग्र अथतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुनेगरि केन्द्रीय बैंकले भूमिका खेल्नु पर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा उद्योग र व्यापारलाई दिइने कर्जाको व्याजमा अन्तर गर्नु पर्ने सुझाए ।

सो अवसरमा महासंघका उपाध्यक्षहरु हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यष भरतराज आचार्यले केन्द्रीय बैंकले अवलम्बन गर्ने मौद्रिक उपकरणहरु बजारमा माग सिर्जना गर्न लक्षित हुनुपर्ने सुझाए ।

यस्तै महासंघको प्रतिनिधीमण्डलले गभर्नर पैडेलललाई सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुर्नकर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएको छ ।