२०८२ असार २१ गते
काभ्रे । बनेपा हुँदै भक्तपुरसम्म जाने बैकल्पिक मार्ग भक्तपुर–नाला सडकखण्ड अन्तर्गत नाला पुलबजारमा रहेको पुल भाँचिएको छ ।
पुल भाँचिएसँगै यो सडक यतिबेला पूर्णरुपमा अवरुद्ध भएको छ । यसअघि नै जीर्ण रहेको यो पुल गए रातिको अविरल वर्षासँगै भाँचिएको प्रहरीले जनाएको छ ।
काठमाडौं, भक्तपुर हुँदै राजधानी बाहिर जाने हलुका सवारी साधनहरुले यो सडक प्रयोग गर्ने गरेका थिए । तर अरनिको राजमार्गको सूर्यविनायक धुलिखेल सडकखण्ड निर्माण कार्य भइरहेकाले यो सडकमा पछिल्ला केही महिनायता ठूला सवारी साधनहरु पनि गुड्ने गरेपछि जीर्ण रहेको पुल भाँचिएको हो ।
शुक्रबार पनि अरनिको राजमार्गको साँगामा पहिरो गएसँगै नाला सडकमा सवारीको अत्याधिक चाप थियो । अस्थायीरुपमा कल्भर्ट निर्माण गरेर सडक सूचारु गर्ने प्रयास भए पनि यो भरपर्दो भने देखिएको छैन ।
प्रतिक्रिया