नेपाल पुर्नबिमा कम्पनीको ६ महिनाको नाफा ५३ करोड बढी

२०८२ जेठ २२ गते

नेपाल पुर्नबिमा कम्पनीको ६ महिनाको नाफा ५३ करोड बढी

काठमाडौ । ढिला गरी चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले  ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 यो भनेको गत वर्षको यसैअवधिको तुलनामा ५७.७१ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।पुसमसान्तसम्म कम्पनीले ४ अर्ब १६ लाख रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ । यसको लगानी तथा कर्जाबाट हुने आम्दानी ८७ करोड ३६ लाखबाट घटेर ६२ करोड ७४ लाख रुपैयाँ कायम भएको छ । अन्य आम्दानी ५ करोड ४४ लाखबाट ३१ करोड १९ लाख पुगेको छ । गत वर्षको कम्पनीले ३ अर्ब ३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । उक्त आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।

Advertisement:

Ad
Ad

 चालु आवका चौथो त्रैमास नजिकिदै गर्दा कम्पनीले बलल दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको छ । यस कम्पनीको  चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ पुगेको छ । 
 नेपाल रिको रिटेन्ड अर्निङमा ७६ करोड ४२ लाख रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ छ । यसको प्रतिसेयर नेटवर्थ भने १४८.९६ रुपैयाँ रहेको छ ।