२०८२ साउन १२ गते
काठमाडौ । नेपाल पुर्नबीमा कम्पनीको सञ्चालक सदस्य दिनुका पोखरेलको राजीनामा स्विकृत भएको छ । कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) को व्यवस्था बमोजिम समूह “ख” नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गरेकी पोखरेलले पारिवारीक र स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएकी थिइन् ।
पोखरेल २०८० असार १५ मा भएको कम्पनीको आठौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएकी थिइन । उनले यहि साउन २ गते पारिवारिक, व्यक्तिगत तथा स्वास्थ्य अवस्थाको कारणले गर्दा संचालक पदमा रहिरहनअसहज अवस्था सिर्जना भई संचालक पदमा निरन्तरता दिन नसक्ने व्यहोराको राजीनामा पत्र बुझाएकी थिइन् । उनको राजीनामा सञ्चालक समितिले स्विकृत गरेको छ ।
प्रतिक्रिया