२०८२ असार १५ गते
काठमाडौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा मात्रै करिब ४ अर्ब रुपैयाँ बीमा शूल्क उठाएका छन् । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले १४ नीर्जिबन बीमा कम्पनीले ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
साउन देखि जेठ मसान्तसम्मको अवस्थामा भने बिमा शुल्क बापत ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ उठेको छ । २ लाख ५३ हजार ११८ बीमालेख जारी गरेर सो रकम संकलन गरेका हुन् । जेठ एक महिनामा मात्रै नीर्जिवन बीमा कम्पनीहरुले ४० हजार ४ सय ३१ बीमालेख जारी गरेका छन् । यस्तै नीर्जिबन लघुबीमाले जेठ एक महिनामा मात्रै ३० हजार ८ सय ३८ बीमालेख जारी गरेर ८ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
जेठमा सबैभन्दा धेरै व्यापार गर्नेेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यो कम्पनीले एक महिनामा ४६ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दोस्रो धेरै व्यापार गर्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । जेठमा यो कम्पनीले ४३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।यस्तै तेस्रो धेरै व्यापार गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स परेकोे छ । यो कम्पनीले जेठमा ४२ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
जेठमा नेको इन्स्योरेन्सले २५ करोड ६२ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले १६ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १५ करोड ५७ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १५ करोड १३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १४ करोड ४० लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ४ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
शिखर इनस्योरेन्स कम्पनीले ४० करोड ९०लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३६ करोड ९९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३२ करोड ६० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ३१ करोड ९० लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले २६ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
प्रतिक्रिया