२०८२ कात्तिक २६ गते
दाङ । दाङको घोराहीस्थित सोनापुर मिनरल एण्ड आयल लिमिटेडले नेपाल विद्युत् प्राधिकरणलाई ट्रंक तथा डेडिकेटेड महशुलबापतको बक्यौता तिर्न सुरु गरेको छ।
उद्योगले मंगलबार पहिलो किस्ताका रूपमा ८६ लाख ३० हजार रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ। बक्यौता भुक्तानी गरेसँगै उद्योगको काटिएको लाइन सोही दिन पुनःजोडिएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार उद्योगको जम्मा २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता छ। उक्त रकमलाई २८ किस्तामा विभाजन गरी तिर्न सहमति भएको छ।
प्रतिक्रिया