बाढीले कागजात गुमाए पनि बैंकिङ कारोबार गर्न पाउने, बैंकहरुलाई सहजीकरण गरिदिन निर्देशन

२०८३ भदौ १७ गते

बाढीले कागजात गुमाए पनि बैंकिङ कारोबार गर्न पाउने, बैंकहरुलाई सहजीकरण गरिदिन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्का कारण बैंकिङ कारोबारका लागि आवश्यक कागजात गुमाएका ग्राहकलाई सहज रूपमा सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

 

Advertisement:

Ad
Ad

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गर्दै रसुवालगायतका जिल्लामा आएको प्राकृतिक विपदबाट प्रभावित ग्राहकलाई आवश्यक सहयोग र सहजीकरण गर्न निर्देशन दिएको हो।

 

राष्ट्र बैंकका अनुसार विपद्का कारण चेक, कार्ड, मोबाइल तथा अन्य आवश्यक कागजात गुमाएका ग्राहकलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकका अन्य विवरणका आधारमा ग्राहक यकिन गरी बैंकिङ कारोबार गर्न आवश्यक सहयोग तथा सहजीकरण गर्नुपर्नेछ।

 

यस व्यवस्थाले बाढी तथा प्राकृतिक विपद्का कारण महत्वपूर्ण बैंकिङ कागजात गुमाएका ग्राहकलाई पुनः कागजात जुटाउनुपर्ने झन्झट कम गर्दै आवश्यक बैंकिङ सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

 

राष्ट्र बैंकले यस्तो अवस्थामा ग्राहकको पहिचान तथा विवरण यकिन गरेर सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई भनेको छ।