२०८२ वैशाख १२ गते
काठमाडौ । पोखरा फाइनान्सका निवर्तमान प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । केन्द्रिय बैंकले गरेको समष्टिगत स्थलगत निरीक्षणको प्रतिवेदनबाट औंल्याइएका कैफियतका सन्दर्भमा संस्थाको समग्र व्यवस्थापनको प्रमुख जिम्मेबारीमा रहेको बेला संस्थाको प्रमुख कार्यकारी अधिकृतले जिम्मेवारी पूरा नगरेको पाइएकोले उनलाई स्पष्टिकरण समेत सोधेको थियो । तर उनको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै केन्द्रिय बैंकले गुरुङलाई पाँच लाख रुपैया जरिवाना गरेको हो । उसो त रविचन्द्र माघ २३ ९२०८१० गतेनै पदमुक्त भइसकेका छन् ।
यस्तै पोखरा फाइनान्सलाई केन्द्रिय बैंकले सिघ्र सुधारात्मक कारबाही समेत गरेको जनाएको छ । फाइनान्सको निष्कृय कर्जा ३३।४४ प्रतिशत रहेको तथा न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्डबमोजिम नरहेकोले संस्थाको वित्तीय परिसूचकहरु ६ महिना भित्र केन्द्रिय बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने शर्त सहित संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड ९ग० बमोजिमका शीघ्र सुधारात्मक सम्बन्धी कारबाही समेत गरिएको छ ।
प्रतिक्रिया