२०८२ साउन २३ गते
तेलअभिव। इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुद्वारा प्रस्तुत गरिएको गाजा सिटी कब्जा योजना अनुमोदन गरेको छ। प्रधानमन्त्री कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै हमासलाई पराजित गर्ने रणनीतिक उद्देश्यसहित उक्त योजना पारित गरिएको जानकारी दिएको हो। गाजामा गहिरिँदो मानवीय संकटका बीच र इजरायलभित्रै योजनाप्रति तीव्र जनविरोध भइरहेका बेला मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार इजरायली रक्षा बल (IDF) लाई गाजासिटीको सैन्य नियन्त्रण लिन आवश्यक तयारी गर्न निर्देशन दिइएको छ। यद्यपि, लडाइँ क्षेत्र बाहिर रहेका सर्वसाधारणका लागि मानवीय सहायता पुर्याउने व्यवस्था सुनिश्चित गरिने पनि बताइएको छ। योजनाअनुसार, युद्ध प्रभावित क्षेत्र बाहिर रहेका नागरिकहरूलाई राहत र सहयोग उपलब्ध गराउन विशेष संयन्त्रमार्फत प्रयास गरिनेछ।
प्रतिक्रिया