२०८२ कात्तिक ०९ गते
काठमाडौ । चालु आर्थिक वर्षको तीन महिनामा ६७ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ तथा ग्यास आयात भएको छ । पछिल्लो तीन महिनामा नेपालमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार ३ महिनामा करिब ६७ अर्ब रूपैयाँको तेल र ग्यास आयात भएको छ। यसले पनि नेपालको ज्यादा खर्च नै पेट्रोलियम पदार्थको आयातमा हुन्छ भन्ने देखाएको छ ।
विभागका अनुसार १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र १३ अर्ब ९८ करोड १९ लाख रुपैयाँको एलपी ग्यास आयात भएको छ ।
प्रतिक्रिया