राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित

२०८२ भदौ ११ गते

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विरोध निर्वाचित भएकी छिन् ।

सभापतिमा उम्मेदवारी दिएकी उनीविरुद्ध अरू कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि निर्विरोध निर्वाचित भएकी हुन् ।

Advertisement:

Ad
Ad

उनको प्रस्तावकमा सोही समितिका निर्वतमान सभापति सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए ।