२०८२ जेठ ३० गते
काठमाडौँ । विरोधका वावजुद चलेको प्रतिनिधी सभाको शुक्रबारको बैठकमा गृहमन्त्रीले बोलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले
वेल घेराउ गरेको छ । गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोपमाथि स्पष्टीकरण दिइरहेका बेला रास्वपा सांसदहरूले चर्को नाराबाजी गरिरहे ।
रास्वपा सांसदहरूले जनता बेच्न पाइँदैन, मानव तस्करलाई कारबाही गर्, गृहमन्त्री राजीनामा दे जस्ता नाराबाजी गरे । भिजिट भिसा प्रकरणको छानबिन र प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी माओवादी र सत्ता पक्षबीच सहमति भए पनि रास्वपा र राप्रपाले भने अवरोध जारी राखेका थिए ।
प्रतिक्रिया