साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बाढी पिडितको सहयोगका लागि दियो ६० लाख सहयोग

२०८३ भदौ १९ गते

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बाढी पिडितको सहयोगका लागि दियो ६० लाख सहयोग

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले देशका विभिन्न भागमा गएको बाढी र पहिरोबाट प्रभावित भएकाहरूको उद्धार र राहतका लागि ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

 

Advertisement:

Ad
Ad

कर्पोरेशनका अनुसार कुल सहयोग रकममध्ये ५० लाख रुपैयाँ संस्थाको तर्फबाट र १० लाख रुपैयाँ कर्मचारीहरूको तलबबाट कट्टा गरी संकलन गरिएको हो।कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले  विज्ञप्ति जारी गर्दै भनेकी छन्, , ‘प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि तत्काल सहयोग आवश्यक रहेको महसुस गरी सामाजिक उत्तरदायित्व एवं मानवीय सहयोग स्वरूप यो रकम उपलब्ध गराइएको हो।’

 

रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा प्राकृतिक विपद्का कारण भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कर्पोरेशनले सो रकम प्रदान गरेको हो।