२०८२ जेठ ०३ गते
काठमाडौँ । निर्यात व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले गोविन्द घिमिरेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले वरिष्ठ उपाध्यक्षमा देवानन्द सरावगी, वस्तुगत तर्फको उपाध्यक्षमा किरण कुमार डंगोल,एशोसिएट तर्फको उपाध्यक्षमा शान्ता बाँस्कोटा कोइराला त्यस्तै महासचिवमा शिव प्रसाद भट्ट,सचिवमा प्रदीप शाही,महिला सचिवमा रेखा अर्याल, कोषाध्यक्षमा शैलेन्द्र गुरागाइँ,सह कोषाध्यक्षमा पुनम कार्की,त्यस्तै एशोसियट सदस्यमा क्रमशः नानीराज घिमिरे,एशोसियट सदस्यमा मनोज अधिकारी,अजय सिंह कार्की,उरुषा चापागाईँ,दावा शेर्पा,नारायणकृष्ण खरेल चयन भएका छन् । त्यस्तै वस्तुगत तर्फको सदस्यमा क्रमशः निर्मल भट्टराई,मनोजकुमार चापागाईँ,राजेन्द्र संग्रौला,रुद्रप्रसाद न्यौपाने,सुनिल चित्रकार र होमप्रसाद घिमिरे रहेका छन् ।
कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रम र बजेट मार्फत आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धिको लक्ष्य लिएको बताए । निर्यात प्रोत्साहन स्वरुप निर्यात व्यसायीलाई दिइँदै आएको अनुदानको बक्यौता भुक्तानी गर्न सरकार कटिबद्ध रहेको धारणा राखे । कार्यक्रममा उद्योग मन्त्रालयका प्रतिनिधीहरु, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, उपाध्यक्ष,नेपाल उद्योग परिसंघका उपाध्यक्ष लगायत विभिन्न क्षेत्रका उद्योगी व्यवसायीको उपस्थिती रहेको थियो ।
साधारण सभाको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको थियो ।
प्रतिक्रिया