सान्भि इनर्जीको आइपिओ बाँडफाँट, कति जनाले पाए सेयर ?

२०८२ जेठ २६ गते

सान्भि इनर्जीको आइपिओ बाँडफाँट, कति जनाले पाए सेयर ?

काठमाडौ । सान्भि इनर्जीको आइपीओ  बाँडफाँट भएको छ । सोमबार भएको आइपिओ बाँडफाँटमा  गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जनाले  १० कित्ताका दरले सेयर पाएका छन् ।


कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो ।  यसमा २० लाख ४३ हजार २४९ जनाले आवेदन दिएका थिए । 

Advertisement:

Ad
Ad


 बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार आवेदन दिएकामध्ये २० लाख ३० हजार १५७ जनाले आवेदन मात्र स्वीकृत भएको थियो । आइपीओको नतिजा सान्भिको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिन्छ ।   यस्तै https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ