२०८२ असार ०७ गते
काठमाडौ । नेपाल सरकारले तिर्न बाँकी ऋण साढे २६ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । १ महिनामा ३२ अर्ब रुपैयाँ भन्दा बढी ऋण थपिएपछि सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ मसान्त) सम्ममा मुलुकको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको (जिडिपी) ४३.४७ प्रतिशत पुगेको हो । वैशाख मसान्तसम्ममा सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।चालु आर्थिक वर्षको सुरुमा नेपालको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकोमा सरकारले हालसम्म २ खर्ब २० अर्ब ५८ करोड रुपैयाँ थप ऋण लिएको देखिन्छ ।
कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड रुपैयाँ रहेको छ। कुल सार्वजनिक ऋणमा जेठ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२.०६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.९४ प्रतिशत रहेको छ ।
जीडीपीको अनुपातमा आन्तरिक ऋण २२.३१ प्रतिशत र बाह्य ऋण २४.२३ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मा सरकारले ३ खर्ब २९ अर्ब ६० करोड ऋण तिरेको छ । ऋणको सावाँ तथा ब्याज भुक्तानी गर्न चालु वर्ष सरकारले ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको थियो । सरकारले ऋणको सावाँ तथा ब्याज भुक्तानीमा मात्रै हालसम्म जीडीपीको ५.४० प्रतिशत खर्च गरिसकेको छ ।
प्रतिक्रिया