सरकारले  १ खर्ब २० अर्ब  बढी राजस्व उठायो

२०८२ साउन ०१ गते

सरकारले  १ खर्ब २० अर्ब  बढी राजस्व उठायो


काठमाडौँ  ।  आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्ष  २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा गत वर्ष भन्दा ११.३३ प्रतिशत वढी राजस्व उठेको छ ।  

अघिल्लो आर्थिक वर्ष (२०८०/०८१ ) मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । उक्त समयमा सरकारले  १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर पछि अर्ध वार्षिक  समीक्षा मार्फत संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ । 

Advertisement:

Ad
Ad

अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले उत्पन्न  चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताएका छन्,  । उनले भने, यस वर्षपनि तयारी सुरु गरिसकेका छौं । चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं । सरकारले चालू आर्थिक वर्षमा १३ खर्ब १५‍ अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ ।  

यस्तो छ सरकारले विगत १० वर्षमा उठाएको राजस्वको अवस्था
 
आर्थिक वर्ष २०७१/०७२ः ४ खर्ब ५ अर्ब रुपैयाँ
आर्थिक वर्ष २०७२/०७३: मा ४ खर्ब ८१ अर्ब रुपैयाँ
२०७३/०७४: ६ खर्ब ९ अर्ब रुपैयाँ
२०७४/०७५ः  ७ खर्ब २६ अर्ब रुपैयाँ
२०७५/०७६ः  ८ खर्ब २९ अर्ब रुपैयाँ
२०७६/०७७ः ७ खर्ब ९३ अर्ब रुपैयाँ
२०७७/०७८ :  ९ खर्ब ३५ अर्ब रुपैयाँ
२०७८/०७९ः १० खर्ब ६६ अर्ब रुपैयाँ
२०७९/०८० : ९ खर्ब ५७ अर्ब रुपैयाँ
२०८०/०८१ः १० खर्ब ५८ अर्ब रुपैयाँ