२०८२ साउन ०२ गते
काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले संघीय सञ्चित कोषको २०८०/८१ आर्थिक वर्षको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार सरकारको कुल आम्दानी वृद्धि भए पनि आम्दानीभन्दा खर्च धेरै रहेको देखिन्छ। तर, अघिल्लो वर्षको तुलनामा भने घाटा केही कम भएको छ।सरकारको ढुकुटी गत वर्षको घाटाको तुलनामा करिब २० अर्बले घटेको छ। २०८१ सालको सुरुमा २ खर्ब २४ अर्ब ९९ करोड सञ्चित कोष घाटा अर्थात माइनस रहेकामा एक वर्षमा २० अर्ब रुपैयाँ कम भएको छ अर्थात घाटा कम भएको छ । चालू आर्थिक वर्षमा सरकारको ढुकुटी २ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ घाटामा रहेको छ ।
यस्तो छ सरकारको वित्तीय अवस्था चित्रमा-

यस वर्ष संघीय कोषको घाटा अघिल्लो वर्षको तुलनामा घटेको देखिए पनि खर्च अझै राजस्वभन्दा उच्च रहेको छ। सरकारलाई आगामी वर्षमा राजस्व संकलनमा सुधार ल्याउने, खर्चमा अनुशासन कायम राख्ने र ऋणमा निर्भरता घटाउने चुनौती कायमै रहेको देखिन्छ।
प्रतिक्रिया