२०८३ साउन ०१ गते
काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ मा सरकारले राजस्वबाट १२ अर्ब ४१ अर्ब रुपैयाँ भन्दा बढी उठाएको छ । यो भनेको शुरुवाती लक्ष्यको ८३.८७ प्रतिशत हो । गत आवमा सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो ।
जसमा राजस्वतर्फ ११ खर्ब २१ अर्ब ८ करोड रुपैयाँ उठेको छ भने गैर राजस्वतर्फ १ खर्ब २० अर्ब रुपैयाँ उठेको छ । अनुदानतर्फ ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ उठेको छ । यस्तै अन्यप्राप्तिबाट ८ अर्ब ७ करोड १० लाख रुपैयाँ उठेको छ ।
यस अवधिमा सरकारको जम्मा आम्दानी १२ खर्ब ८० अर्ब ६५ करोड रुपैयाँ भएको छ । गत आवमा सरकारले १५ खर्ब ३३ अर्ब उठाउँने शुरुवाती लक्ष्य लिएको थियो । तत्कालिन अर्थमन्त्री विष्णू पौडेलले ल्याएको बजेटमा जेनजी आन्दोलन पछि बनेको चुनावी सरकारका अर्थमन्त्री रामेश्वर खनालले कैची चलाएका थिए । १९ खर्ब ६४ अर्बको बजेटलाई १६ खर्ब ८८ अर्बमा झारेका थिए ।
यस्तै सरकारले १५ खर्ब ८२ अर्ब १६ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । यसपटक पनि सरकारको आम्दानी भन्दा धेरै खर्च देखिएको छ । सरकारको आम्दानी र खर्चको ग्याप ३ खर्ब १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ रहेको छ । आम्दानीबाट अपुग भएको रकम सरकारले ऋण लिएरै भएपनि भर्पाइ गर्दै आएको छ ।
प्रतिक्रिया