२०८२ असार २७ गते
काठमाडौ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपिओ बिक्रि खुला भएको छ । लघुवित्तले आज (असार २७ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २३ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
नेपाल धितोपत्र बोर्डले स्वस्तिकलाई कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । यो आइपिओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
जसमध्ये पहिलो चरणमा १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागेको हो । ०.५० प्रतिशतले हुने ११ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुने ११ हजार ५५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यसबाहेक बाँकी रहने १ लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिने छ । न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया