देशभर सार्वजनिक यातायात बन्द, जनजीवन प्रभावित

२०८२ जेठ १९ गते

देशभर सार्वजनिक यातायात बन्द, जनजीवन प्रभावित

काठमाडौं । विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले सोमबारदेखि काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात बन्द गरेका छन्।

बन्दको प्रभाव बिहानैदेखि देखिएको छ। काठमाडौं उपत्यकाका अधिकांश सडकमा सार्वजनिक सवारीसाधन नचल्दा जनजीवन प्रभावित भएको छ। एकाध स्थानमा केही गाडी चले पनि अधिकांश ठाउँमा सार्वजनिक यातायात ठप्पप्रायः छ।

Advertisement:

Ad
Ad

सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई निकै सास्ती भएको छ। कलेज पढ्ने विद्यार्थी, बिहानै काममा निस्कने कर्मचारीहरू बस बिसौनीमा लामो समयसम्म गाडी कुरेर बस्न बाध्य भएका छन्। कतिपय मानिसहरू हिँडेरै आफ्नो गन्तव्यतर्फ लागिरहेका दृश्यहरू सडकमा देखिएको छ।

यातायात व्यवसायीहरूले सरकारसमक्ष भाडादर समायोजन, ट्राफिक जरिवाना प्रणालीको समीक्षा, व्यवसायमैत्री नीतिगत सुधारलगायतका माग अघि सारेका छन्।