सेयर बजारमा ७ अंकको बढोत्तरी, ७ अर्बको कारोबार

२०८३ असोज ०६ गते

सेयर बजारमा ७ अंकको बढोत्तरी, ७ अर्बको कारोबार

काठमाडौं । साइबर आक्रमण पछि एक दिन बन्द भएर मंगलबार खुलेको सेयर बजारमा सात अंकको बृद्धि भएको छ । ७.०६ अंकले बढेको बजारमा ७ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएको ३५६ कम्पनीको २ करोड १५ लाख ८९ हजार  कित्ता सेयर कारोबार भएको हो । 

 

Advertisement:

Ad

मिड सोलु हाइड्रोपावर कम्पनीको सेयरले सबैभन्दा बढी कमाएको छ । स्नो रिभर कम्पनीको सेयरले भने सबैभन्दा बढी गुमाएको छ । १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको सेयर मूल्य घटेको छ । बजार पुँजीकरण ४५ खर्ब ६५ अर्ब रुपैयाँ ७१ करोड रुपैयाँ रहेको छ ।