विदेशी लगानीको वाताबरण बिग्रेको भन्दै एनसेलका सीइओ माइकल फोले राजीनामा दिएर नेपाल छाडे

२०८३ भदौ १९ गते

विदेशी लगानीको वाताबरण बिग्रेको भन्दै एनसेलका सीइओ माइकल फोले राजीनामा दिएर नेपाल छाडे

काठमाडौं ।  विदेशी लगानीको वातावरण नरहेको र काम गर्न सक्ने अवस्था पनि नरहेको भन्दै एनसेलका सीइओ माइकल फोले राजीनामा दिएर नेपाल छाडेका छन् । 

 

Advertisement:

Ad
Ad

फोलेको राजीनामापछि एनसेल सञ्चालक समितिले प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अन्तरिम सिइओको जिम्मेवारी दिएको छ । यसको जानकारी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई गराइएको छ ।

 

स्मार्टसेलको सम्पत्ति लिलामी प्रकरणमा सरकारले सीआइबी लगाएर धितो लिलामी गर्ने बैंक र लिलामी सकार्ने सेवा प्रदायक लगायतलाई मुद्दा चलाउन लागेपछि सीईओ फोले नेपालमा काम गर्न नसकिने भन्दै एक वर्ष नपुग्दै बाहिरिएका हुन् ।