ट्रेड टावरको आइपिओ बाँडफाँट, कस- कसले कति कित्ता पाए ?

२०८२ असार ०१ गते

ट्रेड टावरको आइपिओ बाँडफाँट, कस- कसले कति कित्ता पाए ?

काठमाडौ । ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । आज आइतबार (असार १ गते)  गोलाप्रथामार्फत ३ लाख २९ हजार ६५० जनाले सेयर पाएका छन् ।  यसमा ३ लाख २९ हजार ६४५ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् ।

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले ट्रेड टावरको आइपिओमा  २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएको जनाएको छ  ।  आवेदन दिएकामध्ये  १४ हजार ८९७ जनाको आवेदन रद्द भएको थियो भने रितपूर्वक आवेदन दिएका २० लाख ५९ हजार ३८८ जनालाई गोलाप्रथामा समावेश गराइएको थियो ।

Advertisement:

Ad
Ad

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।