त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको  हवाई इन्धनको डिपो पुरानो गुहेश्वरीमा सारिने

२०८२ साउन ०८ गते

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको  हवाई इन्धनको डिपो पुरानो गुहेश्वरीमा सारिने

काठमाडौ । नेपाल आयल निगमले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको  हवाई इन्धन डिपो सार्ने भएको छ । विमानस्थल परिसरमा विगत ५० वर्षदेखि उक्त डिपो रहेको छ । पुरानो गुह्वेश्वरीतर्फ डिपो स्थानान्तरण हुनेछ । नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउन सहमत भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डिपो सारिनेछ । 

 

Advertisement:

Ad
Ad

आयल निगमले २०८४ मंसिरभित्र डिपो स्थानान्तरण गरिसक्ने गरेर नयाँ अत्याधुनिक डिपो बनाउने  लक्ष्य लिएको छ ।  नेपाल आयाल निगमको सिनामंगल डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले आज  (विहिबार) विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) निगमलाई हस्तान्तरण गरेको छ । 


गत मंसिरमा आयल निगमको सिनामंगल डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग डिपिआर निर्माणका लागि सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम संस्थानले डिपिआर बनाएर निगमलाई दिएको हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै जोडिएका  आयल निगमको डीपोले विमानस्थललाई जोखिम बढाएको भन्दै आलोचना हुदै आएको थियो ।  हालको स्थानमा रहेको डिपोका कारण स्थानीय बासिन्दासमेत जोखिममा छन् ।