२०८२ जेठ २५ गते
काठमाडौँ । इलोन मस्कले हालै आफू राजनीतिबाट अलग हुने घोषणा गरेपछि उनले सञ्चालन गरिरहेका कैयौँ प्रविधि कम्पनीहरूमा उनको संलग्नता बढ्ने अपेक्षा लगानीकर्ताहरूले गरेका थिए।
तर राष्ट्रपति डोनल्ड ट्रम्पसँगको उनको विवाद सतहमा आएसँगै उनीहरू मस्कको प्राथमिकता फेरि पनि ती कम्पनीहरूमा नपर्ने बुझाइमा छन्।
सार्वजनिक चासोबाट अलग भएर टेस्लासहितका उनका उद्यमहरूको भविष्य बनाउनुको साटो मस्क फेरी पनि आफ्ना ग्राहकबाट बहिस्कारको सामना गर्ने अवस्थामा पुगेका छन्।
तर यसपटक चाहिँ ट्रम्पको सरकारबाटै बहिष्कारको खतरा छ।
संसारका सबभन्दा शक्तिशाली र सबभन्दा धनी व्यक्तिबीच अचानक ुवाकयुद्धुपछि अब के होला भन्न्े प्रश्न उब्जिएको छ । मस्कले सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पको आलोचना गरेसँगै टेस्लाको शेअर बिहीवार एकै दिन १४ प्रतिशतले घटेको थियो।
दुई जनाबीचको आक्रोश केही मत्थर भएको सङ्केतपछि शुक्रवार त्यो शेअर केही बढ्यो।
तर यसो भए पनि मस्कले आफ्नो ध्यान फोन बन्द गरेर कम्पनीतर्फ नलगाएसम्म उनको व्यवसाय साधारण अवस्थामा नफर्कने लगानीकर्ता र विश्लेषकहरूको बुझाई छ।
कतिपयका बुझाइमा मस्कको व्यवसाय अहिले देखिएको भन्दा पनि ठूलो समस्यामा छ।मस्कले ट्रम्प प्रशासनमा निर्वाह गरेको विवादास्पद भूमिकाले व्यवसायलाई अन्त्यको बाटोमा लगेको उनीहरू बताउँछन्।
कतिपयले मस्ककाके कार कम्पनी टेस्ला तहसनहस भइसकेको टिप्पणी गर्न थालेका छन् ।
टेस्लाले लामो समयदेखि गुगलको मातृ कम्पनी अल्फाबेटले चलाएको वाइमोसँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ।
वाइमोका चालकरहित ट्याक्सीहरू सान फ्रान्सिस्कोमा केही वर्षदेखि सञ्चालनमा थिए। अहिले ती ट्याक्सीहरू अरू सहरहरूमा पनि विस्तार भइरहेका छन्।
यस महिना मस्कको टेस्लाका पहिलो चरणका स्वचालित ट्याक्सीहरू टेक्ससको अस्टिनमा सुरु गर्ने तयारी छ। मस्कले गत साता टेस्लाका मोडल वाई कारहरु चालकबिनै सञ्चालनको परीक्षण भइरहेको बताएका थिए।
तर मस्कको ध्यान बाँडिएका कारण यो परियोजनाको सफलताको सम्भावना पछि धकेलिएको छ।
प्रतिक्रिया