२०८२ भदौ १६ गते
काठमाडौ । सरकारले यसपटक भदौ ३० गतेदेखि देशैभर चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालनमा ल्याउने भएको छ । भदौ ८ गते बसेको मन्त्रीस्तरीय बैठकले भदौ ३० गतेदेखि छठ पर्वसम्म सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
यो सँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपत्यकाको तीन जिल्लासहित २६ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले यस्तो पसल विगत देखिनै सञ्चालन गर्दै आएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४५ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङ कर्पोरेशनल काठमाडौं उपत्यकाको कालिमाटी, सतुङ्गल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काडाघारी, इमाडोल महाराजगञ्जमा सुपथ मूल्य पसलका साथै ३ वटा घुम्ती पसल सञ्चालन गर्नेछ ।
यस्तै उपत्यकाबाहिर धनगढी, कैलालीको टिकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी, डोटीको दिपायल, सुर्खेतको सुर्खेत, झापाको बिर्तामोड, मोरङको बिराटनगर, सप्तरीको राजविराज, सिराहाको लाहान, धनुषाको जनकपुुर, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, चितवनको नारायणगढ, नुवाकोटको त्रिशुलीमा यस्तो सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।
यसैगरी कास्कीको पोखरा, बाग्लुङको बाग्लुङ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, दाङको दाङ र डडेलधुराको डडेलधुरामा यस्तो पसल सञ्चालन गर्नेछ ।
बिशेषगरी चाडबाडमा कालाबजारी मौलाउँने गरेकोले त्यसलाई नियन्त्रण गर्न सरकारले सहुलियत दरमा खाद्यान तथा मासु बिक्रि गर्ने गरेको छ । अन्य भन्दा यस पसमा सस्तोमा सामान पाइन्छ ।
प्रतिक्रिया