२०८३ भदौ १४ गते
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज ९आइतबार० साँझ ५ः०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
जसमा कान्तिलोकपथ सडक खण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नं. ०३ भट्टेडाँडा पाण्डुरमा आज दिउँसो १४ः४० बजे पहिरो खसेका कारण उक्त सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ ।मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका वडा नं.९ राजदुवाली (झापा देखि ताप्लेजुङ सडक) मा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ । उक्त स्थानमा अर्को वैकल्पिक बाटोको व्यवस्था गरिएको छ ।
वि।पि। राजमार्गमा सम्भावित बाढीका कारण राती १६ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४ः०० बजेदेखि साँझ १६ः०० बजेसम्म परिस्थिति विचार गरी सवारी साधन चलाउन दिइनेछ ।
कान्तिलोकपथ अन्तर्गत हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा ९१७ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म० सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्डको उत्तरगया गा।पा। वडा नं। ५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ । यो अवरोध लामो समयसम्म रहने जनाइएको छ । यस्तै, अन्य मुख्य राजमार्गका सबै क्षेत्रहरूमा पनि बाढीका कारण पूर्ण अवरोध रहेको छ ।
टोखा छहरे सडक खण्डको शिवपुरी गा.पा. घट्टेखोलामा सम्भावित बाढी र पहिरोका कारण राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । साथै, पसाङ ल्हामु सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गा।पा। २ कोदारीमा आज बिहान ०७ः०० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।पृथ्वीलोकमार्ग अन्तर्गत बेनिघाट रोराङ गा।पा। ०७ कृष्ण भिरमा बिहान ०८ः०० बजे र गजुरी गा.पा. ०२ परेवा भिरमा दिउँसो १२ः०० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरोध भएको छ । बेनी जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गा।पा। ०२ बैँसरीमा आज बिहान ०५ः५५ बजे पहिरो खसेका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
मुगु नाग्म देखि मुगु गमगढी आउने सडक खण्ड अन्तर्गत छाँयानाथ रारा न.पा. वडा नं. ०७ झ्यारीखोला र टोक्लास्थित सडकमा आज दिउँसो १४ः३० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ ।
नेपाल प्रहरीले अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको जनाएको छ । मौसम प्रतिकूल रहेकाले अत्यन्त आवश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि नजिकको प्रहरी कार्यालय वा कन्ट्रोल रूममा सम्पर्क गरी सडकको अवस्था बुझ्न सर्वसाधारणमा अनुरोध गरिएको छ ।


प्रतिक्रिया