२०८२ जेठ ०६ गते
काठमाडौ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बिक्रिआज (जेठ ६ गते मंगलबार) देखि खुला भएको छ । अहिले कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँको प्रतिसेयर १०० रुपैयाँ दरमा ९ लाख ९ हजार १०१ कित्ता सेयर बिक्रिमा ल्याएको हो । यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता सेयर अति प्रभावित क्षेत्रका (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५मा स्थायी बसोबास गर्ने) बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।
यस्तै, ५ लाख ४५ हजार ४६१ कित्ता सेयर प्रभावित क्षेत्र (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ । कम्पनीले सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ५४ लाख ५५ हजार रुपैयाँको ३ लाख ५४ हजार ५५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने गरि बिक्रिमा ल्याएको छ । यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
स्थानीय र वैदेशिक रोजगारमा गएकाहरुले यस कम्पनीको आइपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नदिए असार ४ गतेसम्म आवेदन दिन पाउनेछन् ।
यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेड रहेको छ । यसमा स्थानीय बासिन्दाले आयोजना कार्यालय, प्रभु क्यापिटल, कमलादी, हिमालयन बैंकको धार्चे शाखा र प्रभु बैंकको आरुपात शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया